२०७७ कार्तिक १३, बिहीबार

कर्णालीमा थप१७ जनामा कोरोना, २३ जना डिस्चार्ज

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली थप १७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण देखिएको हो । 

संक्रमित हुनेहरुमा सुर्खेतका ११ जना, दैलेख र बर्दियामा दुई, दुई जना, कालिकोट र बाँकेका एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ६ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या दुई हजार तिन सय ४० पुगेको छ ।

कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भइरहेको छ भने तिन सय ४५ जना संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।