२०७७ आश्विन १२, सोमबार

रोगभन्दा भोकको डर, पुनः रोजगारी खोज्दै भारत

शनिबार कैलालीको गौरीफन्टा नाका हुँदै भारत जाने नेपालीको हुल । तम्बिरः सामाजिक सञ्जाल

सुर्खेत । यतिखेर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ८ का भिम रिजाल कामको शिलशिलामा भारत जाने तयारीमा लागेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारी सुरु भए संगै २०७६ फागुनको अन्तिम साता भारतको मुम्वईबाट घर फर्केका उनी पुन भारत नै फर्कीन लागेका हुन । ‘कोरोना संक्रमण यसरी भयाभह हुन्छ भन्ने लागेको थिएन् । एक दुई महिनामा हट्छ भन्ने लागेका थियो,’ उनले भने, ‘तर अहिले ६ महिना बढि भइसक्यो बेरोजगार भएर बसेको । भएको अलिअलि पैसा सबै सकियो कति दिन यसरी बेरोजगार भएर बस्नु भनेर हामी पुनः जाने लागेका छौँ ।’
उनी संगै चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ८ सिमलखाडा र खारका गरेर १० जनाको टोली तयारी अवस्थामा रहेको छ । ‘दशै तिहार नजिकै आउँदैछन् । तर हामीले चाडवार्ड बिर्सेर भए पनि जानै पर्ने अवस्था छ,’ उनले भने, ‘घरमा आर्थिक छैन कसरी मनाउने दशै तिहार, लामो समय यसरी बस्दा ऋण समेत लागेको छ । त्यो पैसा तिर्नु छ ।’

माहामारीको समयमा आफ्नै गाउँमा बस्न पाएकोमा खुसी व्यक्त गर्दै उनले स्वदेशमै केहि गर्ने योजना भए पछि लगानी नभएका कारण भारत जानुपर्ने बाध्यता आएको बताए । भारतमा त झनै कोरोना फैलिएको थाहा पाए पनि उताबाट कम्पनीको साहुले बोलाइरहेको उनको भनाई छ ।  उनीसंगै सोहि ठाउँका पुष्प रिजाल, तिलक रिजाल लगायतको टोली जाने तयारी अवस्थामा रहेको छ । भारत जाने चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ को एक टोली नेपालगञ्ज पुगिसकेको उनीहरुको भनाई छ ।

कोरोना माहामारीको समयमा ठूला संख्यामा स्वदेश फर्कीएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका युवाहरु मात्रै नभएर कर्णाली प्रदेशका अन्य जिल्लाका मानिसहरु अहिले रोजगारी खोज्दै पुनः भारत फर्कीन थालेका हुन ।

केहि दिन अघि मात्रै दैलेखकै भैरवी गाउँपालिकाबाट २०, २५ जनाको टोली नै भारतको सिम्ला भन्ने ठाउँमा गएको जानकारी पाएको गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले जानकारी दिइन् । त्यो बाहेक अन्य कम्पनीमा काम गर्ने मानिसहरु विभिन्न समयमा भारत गइरहेको उनको भनाई छ ।

कम्पनीमा काम गर्ने युवाहरुलाई कम्पनीले नै बोलाए पछि नगरपालिका क्षेत्रका केहि युवाहरु अहिले भारत गइरहेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बताए । कोरोनाको जोखिमकै कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट यात्रुबाहक बसहरु नेपालगञ्ज जान नपाउने भए पनि अन्य विभिन्न जुक्ती लगाएर उनीहरु गइरहेका छन् । यसरी नेपालहरुका महान चार्ड दशै र तिहार नजिकिए पनि सार्वजनिक यातायात सञ्चालन भए पछि झनै ठूलो संख्यामा भारत जना अनुमान गरिएको छ । अहिलेको अवस्थामा तिन तहकै सरकारले आफुहरुलाई स्वदेशमा नै रोजगारी दिने खालका कार्यक्रम नल्याएको उनीहरुको गुनासो रहेको छ ।

यता प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेट रोजगार, कृषि र उत्पादनमा केन्द्रीत गरेको बताए पनि सरकारका कार्यक्रमहरु सुरु नै हुन सकेका छैनन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालय मार्फत मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रदेशका ७९ वटै स्थानीय तहमा रोजगार मुलक खेलमैदान निर्माण गर्ने जस्ता कामहरु अघि बढिरहेको बताए । साथै केन्द्र सरकारको ससर्त अनुदान कार्यक्रम मार्फत पनि विभिन्न रोजगार मुलक कार्यक्रमहरु सञ्चालन हुने समेत बताए ।

‘केहि कार्यक्रमहरु टुङगो लागेका छैनन् । टुङगो लागे पनि सोहि अनुसार हामी कार्यक्रमहरु अगाडी बढाउँछौँ,’ उनले भने, ‘हाम्रो काम आम सर्वसाधारण आवश्यकता सुनिश्चि गर्ने खालका कार्यक्रमहरु ल्याउनु, जनतालाई रोजगारी सृजना गराउनु हो ।’ कोरोना भाइरसको माहामारीको समयमा पनि काम खोज्दै भारत जाने नागरिकलाई स्वदेशमा नै रोजगारी दिनको लागि तिन वटै तहका सरकारहरुबाट हुने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।