२०७७ मंसिर १०, बुधबार

झमक मानार्थ विद्यावारिधिबाट दिक्षित

muसुर्खेत, भदौ २१ । विवादका बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दिक्षित गरेको छ ।

तत्कालिन कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुर्खेतमा बसेको पाँचौ सभाको बैठकको निर्णयानुसार सोमबार विशेष दिक्षान्त समारोहको आयोजना गरी साहित्यकार घिमिरेलाई दिक्षित गरिएको हो । काठमाडौंको राष्ट्रिय सभा गृहको हलमा विश्वविद्यालयको तर्फबाट पहिलोपटक नेपाली साहित्यका मुर्धन्य श्रष्टा झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले दिक्षित गरिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उक्त उपाधि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

साथै राष्ट्रपति भण्डारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपाली साहित्यका साधक झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले सम्मान गर्ने ऐतिहासिक निर्णय गरेकोमा धन्यवाद दिँदै झमकको व्यक्तित्व र कृतित्वको उच्च सम्मान भएको बताईन् । कार्यक्रममा अध्यक्षता गरेका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गरेको यो कामको प्रशंसा गर्दै आगामी दिनमा यो विश्वविद्यालयले सबैको निम्ति अनुकरणीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

कर्यक्रममा शिक्षामन्त्री एवम् सह–कुलपति, सम्पूर्ण विश्वविद्यालयका उप–कुलपति, रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, शिक्षा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य गरी ८ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।