२०७७ कार्तिक ११, मंगलवार

बाणिज्य बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा थप गरिएको छ । यस अघिको जुम्ला रोडमा रहेको बैंकको सुर्खेत शाखामा सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्ने उदेश्यले वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक नजिकै शाखा सुरु गरिएको हो । नयाँ शाखा थप भएसँगै साविकको कार्यालयमा सेवाग्रहीको भीड कम हुने अपेक्षा गरिएको राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश प्रमुख रामकुमार थापाले जानकारी दिए ।

नयाँ शाखामा एटिएम र लकरसहितको सबै सुविधा सेवाग्राहीलाई उपलव्ध गराइने छ । ‘असोज १ गतेबाट सञ्चालन गर्ने तयारी गरेका थियौं, प्राविधिक कठिनाइँले केहि दिन धकेलिएको छ’ प्रमुख थापाले भने, ‘आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउछौं ।’