२०७७ कार्तिक ६, बिहीबार

सुनचाँदी व्यवसायी महासंघ कणाली प्रदेशको अध्यक्षमा सुनार

सुर्खेत। नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । सुनचाँदी व्यवसायीको सोमबार भएको भर्चुवल बैठकले सुर्खेतका सुनचाँदी व्यवसायी जनक सुनारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा सल्यानका धनश्याम नेपाली, दैलेखका युवराज सुनार चयन भएका छन् । यस्तै सचिवमा सुर्खेतमा चित्र सुनार, सह–सचिवमा सल्यानका दलविर सुनार, कोषाध्यक्षमा सुर्खेतका भक्तबहादुर सुनार, सह–कोषाध्यक्षमा दैलेखका टेकबहादुर सुनार रहेका छन् ।

यस्तै सदस्यहरुमा रामबहादुर विक, रमेश सेन्चुरी, नोखी राम सुनार, भूपेन्द्र सुनार, तिर्थ सुनार र बखते सुनार चयन भएका हुन ।

नव नियुक्त अध्यक्ष जनक सुनारले सुर्खेतका सुनचाँदी व्यसायीहरुको लागि सरकारले सुर्खेतका बंैकहरुमा नै सुन उपलब्ल गराउनुपर्ने बताए । सुनचाँदी व्यवसायीलाई परम्परागतबाट आधुनिकी र वैज्ञानीकीकरण गर्न सरकारी क्षेत्रबाट विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।