२०७७ कार्तिक ११, मंगलवार

चीनतर्फबाट भूमि मिचिएको छैन – गृहमन्त्री थापा

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले हुम्लामा चीनतर्फबाट भूमि नमिचिएको बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै थापाले उक्त बिषयमा परराष्ट्र मन्त्रालयले प्रष्ट धारणा राखिसकेको जानकारी दिए ।

सिमाना मिचिएको भन्ने बिषयमा मिडियामा आएका कुराहरु गलत भएको उनको भनाई छ ।  दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर गृहमन्त्री थापा शनिबार सुर्खेत आइपुगेका हुन ।

फरक प्रसंघमा मन्त्री थापाले देशभरमा बाढी र पहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य गरेको समेत बताए । कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन तयार गरिरहेकाले सोही प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने जानकारी दिए ।