२०७७ मंसिर ८, सोमबार

उपचार नपाउँदा एक हप्तामा दुर्गमका तीन सुत्केरीको मृत्यू

dead-body जाजरकोट – जाजरकोटका दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यू भएको छ । जिल्लाका झार्पा, रग्दा,दह गाविसका सुत्केरीहरुको उपचार नपाउँदा मृत्यू भएको हो ।

मृत्यू हुने ठाउँका महिलाहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको वस्तीका हुँन । जिल्लाका अधिकांश वस्तीहरु स्वास्थ्य संस्थाको पहुँच भन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यू हुँने गरेको छ । स्वास्थ्य संस्था टाढा भएकै कारण नियमित गर्भ परिक्षण गर्न नसकिएको दुर्गमका महिलाहरु वताउँछन् ।

अधिकांश यहाँका दुर्गम गाउँमा सञ्चार माध्यमको पहुँच पनि नभएको अवस्था छ । फोन गर्नका लागी घण्टै हिड्नु पर्ने वाध्यता रहेको छ । विहानै हिड्दा वेलुका मात्र स्वास्थ्य संस्था पुग्ने अवस्था छ । स्वास्थ्य संस्था पुगेपनि औषधी स्वास्थ्य संस्थामा नपाउँदा स्थानिय औषधी पसलकै भर पर्दा निकै तनाव हुँने गरेको रग्दा ध्यारगाउँका शेरवहादुर ध्यारले वताउँनुभयो । शिरियास विरामीलाई स्टेचरमा हाल्नका लागी गाउँमा प्रयाप्त स्टेचर नहुँदा निगालीवाट निर्माण गरिएको डोको काटेर त्यसैमा वोकेर घण्टै लगाएर स्वास्थ्य संस्था लिनुपर्ने वाध्यता रहेको ध्यारले वताउनुभयो ।

दुर्गम गाउँमा सञ्चार माध्यमको पहुँच नहुँदा कुन कार्यक्रम कति वेला हुन्छ केही थाह नहुँने गरेको दहका हिमाल घर्तीले वताउनुभयो । महिलाहरु गर्भवती भएपनि नियमित रुपमा गर्भ जाँच नै नगर्ने गरेको पाईएको छ ।

गर्भवती महिलाले चार पटक सम्म गर्भ जाँच गराउने हुन्छ । यो विचमा नियमित रुपमा आवश्यक पर्ने फलफुल ,गेडा,गुडी अनि आयोडिन यूक्त नुन प्रयोग गर्नु पर्ने भएपनि यी काम गरिवीका कारण उपभोग गर्न नपाएको महिलाहरु वताउँछन् । विहान वेलुका पेट भरी खाना पाएमा त कत्ति खुसी हुँने थियौ कहाँको पौष्टिक तत्व भनि झार्पा ५ की सुमित्रा वुढाले प्रश्न गर्नुभयो ।

जिल्लाका दुर्गम गाविसमा ७ महिना भन्दा वढी खाद्यान्न अभाव हुँने गर्दछ । पुरुषहरु कमाई गर्न भारत लाग्नुपर्ने, महिलाहरु तथा वालवालिका मात्र घरमा वस्दा सवै भएभरको काम , छिमेकीको सहयोग सवै गर्नुपर्ने भएकाले सोचेको कुरा कहिले पुरा नभएको दुर्गमका महिलाहरु वताउछन् । सरकारी स्वास्थ्य संस्थमा गर्भवतीलाई खानाको लागी निशुल्क रुपमा खाने आईरन चक्की दुर्गमका महिलाहरु कहिले पनि खादैन्न ,थाह पनि नपाएको नायकवाडा धुमा कालिका चलाउनेले वताउनुभयो ।

शरिरमा एक जोड नयाँ कपडा लगाउन पाए त कत्ति खुसी हुन्थ्यौ यहाँ नयाँ कपडा लगाउन दशै,तिहार नै पर्खर्नु पर्छ अनि माछा ,मासु खानाको लागी ठुला चाड पर्वकै मुख ताक्नुपर्ने अवस्था छ के को सहर वजारमा भनेको जस्तै सुख छ र भगवती गाविस फम्दाकी डिल्लीमाया नेपालीले दुखेसो व्यक्त गर्नुभयो ।

दुर्गमका स्वास्थ्य संस्थामा नियमित औषधी पनि नहुँदा स्थानियले सरकारी स्वास्थ्य संस्था भन्दा निजी मेडिकलको भर पर्नुपर्ने वाध्यता रहेको खगेनकोट ५ का रामप्रसाद खत्रीले आक्रोष पोख्नुभयो । उहाँले भन्नुभयो “हामी वसेको ठाउँवाट दल्ली स्वास्थ्यमा जाँन र आउन मात्र ६ घण्टा भन्दा वढी हिड्नु पर्छ कसरी उपचार सम्भव छ त्यसैले हामी स्थानिय औषधी पसलमा गएर भएपनि महगो सेवा सुविधा लिन वाध्य भएका छौ ”।

दुर्गम गाउँमा अहिले पनि देवी देवता रिसाउने डरले सुत्केरीलाई ९ दिन सम्म गाई,भैसी, वाध्यने गोठमा राख्ने चलनले गर्दा सुत्केरी र नवराज शिशुको अवस्था नाजुक वन्ने गरेको छ । सुत्केरलाई दही,दुध, घ्यू देवी देवता रिसाउने भन्दै ९ दिन सम्म नदिने र कसैले पनि सुत्करीलाई नछुने भएका कारण अधिकांश सुत्केरीहरु अकाल्मै ज्यान जाने गरेको छ । दही,दुध, घ्यू दिएमा देवी ,देवता रिसाएर अनिष्ट हुँने अर्थात गाई,भैसीको मृत्यू हुँने गलत विश्वासका कारण समस्या हुँने गरेको छ ।

९ दिन पछि सुत्केरीको न्वारर्नी अर्थात व्राहमणलाई वोलाएर सुद्ध गरेर घरको चुलो छुने अधिकार दिने संस्कारका कारण सुत्केरीको स्वास्थ्य नाँजुक वन्ने गरेको स्थानिय वुद्धीजिवीहरु वताउँछन् ।

सुत्केरी हुँदा कम्जोर वनेको स्वास्थ्य अवस्थालाई ध्यान दिदै सहयोग गर्नुपर्ने ठाउँमा अन्धविश्वासका कारण कर्थित देवी देवताको नाममा गलत संस्कारलाई प्रश्य दिदा वर्षेनी दर्जन वढी सुत्केरी मृत्यू तथा स्वास्थ्यमा समस्या आउने गरेको छ । गरिवीका कारण पेट भेरी खाना नपाउँनु , वढी वच्चा जन्माएर पालन पोशनमा समस्या आउनु पनि अर्को चुनौति थपिएको छ ।