२०७७ कार्तिक १२, बुधबार

शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समिति घोषणा

सुर्खेत । शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा गरिएको छ । शनिबार नौ सदस्यीय समितिको घोषणा गरिएको हो । कान्तिपुर दैनिक कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको संयोजकत्वमा समिति घोषणा गरिएको हो ।

समितिको सदस्यहरुमा विष्णु न्यौपाने (कालीकोट, अन्नपूर्णपोष्ट), मुना हमाल (सुर्खेत, उज्यालो एफएम र गोरखापत्र), डिबी बुढा (जुम्ला, नागरिक), राजन रावत (हुम्ला, गोरखापत्र), दीपकजंग शाही (सुर्खेत, सेतोपाटी), विशाल सुनार (दैलेख, एपीवान), परबिर ददेल (रुकुमपश्चिम, रेखदेख) र करिश्मा चौधरी (सुर्खेत, रेडियो नेपाल) रहेका छन् ।