२०७७ कार्तिक १२, बुधबार

कोरोना नियन्त्रणमा २१ करोड बढि खर्च

                                                                                                       दैलेख जिल्ला 

सुर्खेत । दैलेखका स्थानीय तहले कोरोना भाइरस (कोभिड १९)को नियन्त्रणमा २१ करोड बढि खर्च गरेका छन् । जिल्लाका ११ वटा स्थानीय तहले २१ करोड १३ लाख पाँच हजार तीन सय ५७ रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । तथ्याङ्क अनुसार एक स्थानीय तहले एक करोड देखि चार करोड सम्म खर्च गरेका छन् ।

स्थानीय तहको रेकर्ड अनुसार नारायण नगरपालिका दैलेखले चालु र गत आर्थिक बर्षको गरेर सबै भन्दा बढि चार करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै महावु गाउँपालिकाले गत आर्थिक बर्षमा एक करोड २६ लाख र चालु आर्थिक बर्षमा एक करोड ३२ लाख गरेर दुई करोड ५८ लाख खर्च गरेको छ ।

दुल्लु नगरपालिकाले एक करोड ४९ लाख ८१ हजार तीन सय ८३ रुपैयाँ, डुङगेश्वर गाउँपालिकाले एक करोड ३० लाख ८४ हजार ३० रुपैयाँ, नौमुले गाउँपालिकाले गत आर्थिक बर्षमा एक करोड ३२ लाख ७५ हजार चार सय चार र चालु आर्थिक बर्षको एक करोड गरेर जम्मा दुई करोड ३२ लाख ७५ हजार चार सय चार रुपैयाँ खर्च गरेको छ । त्यो मध्ये चालु आर्थिक बर्षको ६८ लाख मात्रै भुक्तानी भएको गाउँपालिकाले जानकारी निएको छ ।

भगवतीमाई गाउँपालिकाले ८८ लाख ८० हजार ६ सय ३० रुपैयाँ खर्च गरेको छ । आठबिस नगरपालिकाले गत आर्थिक बर्षमा एक करोड ७९ लाख सात हजार ५४ रुपैयाँ र चालु आर्थिक बर्षको ५३ हजार रुपैयाँ गरेर जम्मा एक करोड ८० लाख सात हजार खर्च गरेको छ ।

भैरवी गाउँपालिकाले गत आर्थिक बर्षमा एक करोड ४३ लाख ८३ हजार ६४ रुपैयाँ खर्च गरेको छ भने चालु आर्थिक बर्षमा ३० लाख गरेर जम्मा एक करोड ७३ लाख ८३ हजार ६४ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।

यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एक करोड ७९ लाख १८ हजार चार सय २७ रुपैयाँ, गुराँस गाउँपालिका एक करोड १० लाख, ठाँटीकाँध गाउँपालिकाले एक करोड ८३ लाख ७५ हजार चार सय १९ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । स्थानीय तहले विशेष गरेर क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामाग्री, यायतायात लगायतका ठाउँमा धेरै खर्च भएको जानकारी दिएका छन् ।

यो अवधिभित्र नगरपालिका भित्र गरेका कामहरु हेर्दा यो खर्चलाई स्वभाविक रुपमा लिएको छ दैलेखको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए । ‘एक करोेड ६ लाख बढिको लगानीमा त हामीले पिसिआर मेसिन नै सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘हाल उक्त मेसिनमा दैलेखका मात्रै नभएर अन्य विभिन्न ठाउँमा मानिसहरुको स्वाव परिक्षण हुन्छन् । हामीले २१ दिन ५० सैयाको आइसोलेसन सेन्टर निर्माण ग¥यौँ, स्वास्थ्यचौकीको व्यवस्थापन लागयतका थुप्रैकामहरु भएका छन् ।’ साथै उनले मेसिन जडान, क्वारेन्टिन व्यवस्थापन, स्वाव परिक्षणमा बढि खर्च भएको बताए ।

तर विपदको समयमा आफ्नै ठाउँमा चाहिने जति सामाग्रीहरु नपाउदा, क्वारेन्टिनमा बसेका मानिसहरु अनुशासिन नभइदिँदा त्यसमा केहि अस्वभाविक खर्च बढेको उनको भनाई छ । क्वारेन्टिन तथा आइसोलेसन सेन्टरमा बसेकाहरुले कहिल्यै कपडाहरु आफ्नो घरमा लैजाने, च्यातिदिने, भाँडाकुडा फुटाइदिने जस्ता कार्यले केहि अस्वभाविक खर्च भएको उनको भनाई छ ।