२०७७ कार्तिक ४, मंगलवार

क्रसर, बालुवा प्रसोधन उद्योगमाथि निगरानी, अनुगमनलाई तिव्रता दिँइदै

सुर्खेत । सुर्खेतमा सञ्चालनमा रहेका क्रसर, बालुवा प्रसोधन लगायतका उद्योग माथिको निगरानी बढाइएको छ । जिल्लामा सञ्चालनमा रहेका कतिपय उद्योगहरु अवैध रुपमा सञ्चालनमा रहेको आएको भन्ने आशंकामा निगरानी बढाइएको हो । अवैध रुपमा सञ्चालनमा रहेका उद्योगहरुलाई कारवाहिको दायरामा ल्याउनको लागि अनुगमनलाई समेत तिव्रता दिने तयारी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले त्यस बिषयमा स्थानीय तहका जनप्रतिनिधिहरु संग छलफल समेत गरेको छ ।

जस अन्तर्गत पश्चिम सुर्खेतको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका संग त्यस बिषयमा के कसरी अघि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल समेत गरिएको छ । भने पूर्वका गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिका संग समेत छलफल गरिएको छ ।

छलफलमा आगामि दिनमा के कसरी उद्योगहरुलाई व्यवस्थित रुपमा अघि बढाउन सकिन्छ । के कसरी कारवाहिको दायरामा ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ढुङ्गा गिट्टी बालुवा व्यवस्थापन मार्गनिर्देशन २०७७ मा त्यसको नियन्त्रण, अनुगमन, चेकजाँच स्थानीय तहलाई अधिकार दिएको बताए । सोहि अनुसार जिल्ला अनुगमन समितिले स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतका पदाधिकारीहरु संग छलफल गरेको बताए ।

अनुगमनको अधिकार विशेष गरेर स्थानीय तहलाई रहेको भन्दै उनले अनुगमनलाई तिव्रता दिइने बताए । साथै अवैध भएको पाइएमा स्थानीय तहले कारवाहिको लागि जिल्लामा सिफरिस गरिएको अवस्थामा तत्काल कारवाहि गरिने बताए ।

छलफलले अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग, बालुवा प्रसोधन उद्योगहरु बन्द गराउने, दशै तिहार लक्षित गरी बजार अनुगमन गर्ने जस्ता निर्णय गरेको उनको भनाई छ । बजार अनुगमनको लागि स्थानीय तहले छुट्टै अनुगमन समिति समेत निर्माण गर्न सकिने उनको भनाई छ । बजार अनुगमन गर्नै मुख्य नेतृत्व स्थानीय तहलाई भएको भन्दै उनले दशै तिहारमा स्थानीयतह तथा अन्य सम्बन्धीत विभिन्न क्षेत्र संगको सहकार्यमा अनुगमन गरिने बताए ।