२०७७ मंसिर ९, मंगलवार

जर्वजस्ती करणीको प्रयास गर्ने दुई किशोर पक्राउ

imagesभदौ २२ जाजरकोट । विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई जना किशोरलाई जाजरकोट प्रहरीले सोमवार वेलुका पक्राउ गरेको छ । युवतीका आफन्तको उजुरीका आधारमा दशेरा ८ बडावनका १८ बर्षिय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।

ढिमे १ एक दमदाला स्थित एक विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका २ तिमिलेकी एक १३ बर्षिय किशोरीलाई ति युवकले बलात्कारको प्रयास गरेका थिए । युवती चिच्याएपछि ति युवकहरु तत्काल भागेका थिए ।

प्रहरीले ति दुवै जना किशोेरलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनु भयो । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भट्टको भनाइ छ ।