२०७७ कार्तिक १२, बुधबार

आजबाट दशैँ सुरु, वीरेन्द्रनगरमा निषेधाज्ञा नहुने

सुर्खेत । नवरात्र आरम्भको पहिलो दिन आजबाट बिजया दशमी सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (शनिबार) दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राख्ने प्रचलन रहेको छ ।

नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गर्ने गरिन्छ । घटस्थापनापछि दशैंको चहलपहल पनि सुरु हुन्छ भने दशैंभर हरेक दिन शक्ति पिठहरुमा पुजा आजा समेत हुने गरेको छ । तर यो बर्ष कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमका कारण गृह मन्त्रालयले दशैंको समयमा मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ ।

दशैँ लक्षित गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञा नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाले निषेधाज्ञा गर्ने बिषयमा कुन योजना नरहेको बताएका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरसको सम्दर्भमा छलफल भएपनि अहिले नै निषेधाज्ञा गर्ने बिषयमा कुनै पनि निर्णय नभएको बताए । ‘निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने बिषयमा जिल्ला कोभिड संकल व्यवस्थापन समिति संग सामान्य छलफल भए पछि गर्ने नगर्ने केहि पनि निर्णय भएको छैन,’ उनले भने, ‘हामीले अन्य क्षेत्रहरु उद्योग वाणिज्य संघ, यातायात व्यवसायीहरु संग पनि छलफल गरिरहेका छौँ । त्यहाँबाट सहमति भएको छैन ।’

हाल काठमाडौँ लगायतका ठाउँहरुबाट मानिसहरु दैनिक रुपमा सुर्खेत, सुर्खेत हुँदै अन्य विभिन्न ठाउँमा जाने भएकाले निषेधाज्ञा गर्दा झनै समस्या हुन सक्ने बताए । अब हुने छलफलले त्यस बिषयमा निर्णय गर्न सक्ने उनको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले पनि नगरपालिकाले निषेधाज्ञा गर्ने बिषयमा कुनै तयारी नभएको बताए ।  ‘त्यो बिषयमा सामान्य छलफल भए पछि सय बिषयमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी, जिल्ला प्रशासन संगको छलफल भए पछि मात्रै गर्ने नगर्ने भन्न सकिन्छ ।’