२०७७ मंसिर १३, शनिबार

अनाथ बालबालिकालाई शैक्षिक सामग्री जुटाउँदै युवाहरु

भवानी आधारभुत विद्यालय जगन्नाथ गाउँपालिकाका विद्यार्थीहरु ।   फोटोः नयाँ नेपाल दैनिक ।

सुर्खेत । आर्थिक अभावले पिरोलिरहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री जुटाउने अभियानमा युवाहरु लागेका छन् । कर्णाली तथा सुदुरपश्चिम प्रदेशका युवाहरुले बाजुरा जिल्लामा रहेका अनाथ, दलित, अति विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न अभियान सुरु गरेका हुन । जिल्लाभरका पाँच हजार बालबालिकाहरुलाई विद्यालय डे«स, झोला, जुत्ता, कपि, किताब लगायतका सामाग्रीहरु वितरण गर्ने अभियान्ता राजेश हमाल भट्टराईले जानकारी दिए ।

असोज २५ गतेबाट सुरुवात गरिएको अभियान अन्तर्गत हाल सम्म दुई सय ५० जनालाई पुग्ने सामाग्री तयार भएको र थप सामाग्रीको लागि विभिन्न क्षेत्र संग पहल गरिरहेको बताए ।
‘पहिलो चरण अन्तर्गत हामीले १८ सय बालबालिकालाई सामाग्री वितरण गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘संकलन भएको सामाग्री लिएर हामी चार, पाँच दिनमा लगेर बाजुरा जान्छौँ । सो अवधिभर थप सामाग्री उपलब्ध हुने विश्वास लिएका छौँ ।’

साथै उनले दोस्रो चरणमा सबै बालबालिकाहरुलाई पुग्ने गरी सागाग्रीहरु लिएर जाने तयारी रहेको बताए । अभियान अन्तर्गत देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग भइरहेको भन्दै उनले सरकारी क्षेत्रबाट समेत सहयोगको अपेक्षा गरेका छन् । आफुहरु जति सक्दो छिटो बालबालिकाहरुलाई राहत दिन खोजिरहेको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन् ।

‘हाल सम्म कुवेतमा रहनु भएकी लिला राई फाउण्डेसन, अमेरिकाको न्यू वोर्कमा रहेकी पदमा प्रधानको प्रेम पूर्ण प्रताप फाउण्डेसन मार्फत सहयोग आएको छ,’ उनले भने, ‘स्वदेशमा रहेका केहि संघ संस्थाहरुबाट पनि सहयोग रकम जुटाइरुहेका छौँ । कोरोनाको माहामारीका कारण रकम जुटाउन समस्या भएको छ ।’

काठमाडौँबाट सुरु गरिएको अभियान अन्तर्गत हाल आफु सुर्खेतमा आएको र अन्य साथीहरु काठमाडौँबाट काम गरिरहेको बताए । अभियानमा कालिकोटको महावै गाउँपालिका–५ का राजेश हमाल भट्टराई संगै बाजुराका मनोज ठकुरी र गोबिन्द शाही र सुर्खेतका अभिनन्दन बस्नेत र सम्राट शाही रहेका छन् ।

‘तपाइको सानो सहयोगको कारणले कसैको जीवन बन्छ भने किन सहयोग नगर्नै पश्न गर्दै हमालले भने, ‘हामी ति बालबालिकाको उज्वल भविश्य देख्न चाहान्छौँ । उनीहरुलाई भोली यो राष्टका हरेक तहमा पुगेको हेर्न चाहान्छौँ । हामीलाई सबैको सहयोग आवश्यक रहेको छ।’

यस अघि हुम्लाका आगलागि पिडित १७ घर परिवारलाई राहत वितरण गरेको तथा काठमाडौँमा थुप्रै अभियानहरु समेत चलाई सकेको भन्दै हमालले यस पछि कालिकोटका बालबालिकाको लागि अभियान सुरु गर्ने बताए ।

बालबालिकाले केहि मात्रामा भए पछि शैक्षिक सामाग्री पाएको अवस्थामा उनीहरुको चर्को घाउमा मलम पट्टी लाग्न सक्ने अर्का अभियान्ता अभिनन्दन बस्नेतले बताए । अभियानलाई सहयोग गर्न चाहानेले राजेश हमाल भट्टराईको सम्पर्क नम्बर ९८६९९६९६२३ मा सम्पर्क गर्न सकिने बताएका छन् ।