२०७७ मंसिर १०, बुधबार

३ सय ८२ घरधुरीमा खानेपानी

 घर आगनमै पानीको घारा पुगेपछि खुसी हुँदै पानी भर्दैै गएका स्थानीय ।  फोटोः नयाँ नेपाल दैनिक ।

सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका तीन सय ८२ घरधुरीले खानेपानीको सुविधा पाएका छन् । गाउँपालिकामा निर्माणाधिन रानिरहडा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भए संगै वडा नम्बर ९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट, कोटबाडालगायतका बस्तीहरू प्रत्यक्ष लाभान्वित भएका हुन ।

हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ ।

नरहरिनाथ गाउँपालिकाका स्थानीय नागरिकलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यका साथ निर्माण थालिएको आयोजनाको निर्माण सम्पन्न पछि उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए ।

हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको एक करोड लगानी र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको अध्यक्ष बिष्टको भनाई छ । ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासीको मुख्य समस्या खानेपानी भएकाले अब प्रत्येक घरधुरीका घरमा नै पानी आउने छ,’ उनले भने, ‘अब घर आगनमै खानेपानी नरहरिनाथ गाउँपालिकाका नागरिकले पाउनले छन् पानी बोक्नका लागि ३० मिनेट एक घण्टाको बाटो हिड्नुपर्ने बाध्यता हटेको छ ।’

तत्काल तीन ८२ धाराहरू सञ्चालनमा आइसकेको र बाँकी दुई सय ५० घरधुरीमा धाराहरू जडान गर्न सर्वेक्षण भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ को मंसिरमा सुरु भएको योजना चालु आर्थिक बर्षको असोज मसान्तमा सम्पन्न भएको गाउँपाकिाले जानकारी दिएको छ ।

यस अघि गाउँपालिकाले गत आर्थिक वर्षबाट एक घर एक घारा निमार्णको निति लिएको थियो । गाउँ सभाको निति अनुसार गाउँ पालिका र दाताको सयुक्त सहयोगमा धारा निमार्ण गरी समुदायमा हस्तान्त्ररण गरेको अध्यक्ष बिष्टको भनाई छ । वडा नं ९ र ८ बाट अभियान सुरु भएको र अब सबै गाउँपालिका भरीका नागरिकका घरमा स्वच्छ खानेपानी पुगाउने निति रहेको अध्यक्ष बिष्टको भनाई छ ।
हुरून्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बुढाले आयोजना निर्माण कार्यमा समुदायको परिचालन, सार्वजनिक लेखा परिक्षण, सामाजिक परिक्षण र अन्य प्राविधिक पाटोहरूमा काम गरेको बताए ।