२०७७ मंसिर १३, शनिबार

महिला स्वास्थ्य संयम सेविकालाई सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखिकरण

दैलेख। महिला स्वास्थ्य सयम सेविकालाई सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । शुक्रबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ जम्बुकाँध स्वास्थ्य चौकीमा महिला स्वास्थ्य सयम सेविका, स्वास्थ्यकर्मीहरु सहितको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नगरपालिकाका वडा नम्बर ५ र ६ का महिला स्वास्थ्य संयन सेविका, अन्य स्वास्थ्यकर्मी सहित २५ जनाको सहभागिता रहेको थियो ।

भिजिबल इम्प्याक्ट नामक संस्थाले आयोजना गरेको एक दिने अभिमुखिकरणमा गर्भपतन सम्बन्धी विभिन्न कुराहरुमा सचेतना जगाइएको कार्यक्रमका प्रशिक्षक तथा हेल्थ अशिस्ट्यान (एचए) जिवानन्द पाण्डेले जानकारी दिए ।

गर्भपतन सम्बन्धी लगाइने विभिन्न लाल्छनाहरु नै अशुरक्षित गर्भपतनको प्रमुख कारण भएको उनले बताए । कतिपय महिलाहरुले गर्भपतन सम्बन्धी कानुन प्रावधानहरुको बारेमा जानकारी नभएको कारणले पनि अशुरक्षित गर्भपतन बढिरहेको पाइएको उनको भनाई छ ।
हरेक व्याक्तिको सुचना गोप्य राख्नु मानव अधिकार भए पनि कतिपय स्वास्थ्यकर्मीहरुबाट पनि त्यो नभएका कारणले पनि असुरक्षित गर्भपतन भएको उनको भनाई छ ।

‘नेपालमा करिव ३ लाख ३२ हजार मानिसहरुले गर्भपतन गराउँछन् जस मध्ये करिव ५८ प्रतिशत अर्थात १ लाख ९२ हजार बढिले ले असुरक्षित गर्भपतन गराउने गरेका छन्,’ उनल भने, ‘अहिले पनि यो क्रम बढिरहेको छ । मानिसहरुमा यस सम्बन्धी जानकारी भए पनि समाजको डरत्रासले पनि अशुरक्षित गर्भपतनको बाटो रोजिरहेका छन् ।

कार्यक्रममा उपस्थित महिला स्वास्थ्य संयम सेविकाले गाउँमा स्वास्थ्य संस्थामा गएर भन्दा स्थानीय जडिबुटी अन्य घरेलु परम्परागत माध्यामबाट गर्भपतन गराउने गरेको पाइएको बताएका थिए ।