२०७७ मंसिर १३, शनिबार

आदिवासी जनजाती मगर संघ चामुण्डाबिन्द्रासैनीको नयाँ कार्य समिति गठन

दैलेख, चामुण्डा । आदिवासी जनजाती मगर संघ नेपाल चामुण्डाविन्द्रासैनीको नयाँ कार्य समिति गठन गरिएको छ । बुधबार भएको भेलाले गणेश बलामी मगरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । जसको सहसंयोजकमा पदम बहादुर राना चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दिर्घ बहादुर सारु, टोपबहादुर राना, धनबहादुर तारामी, सूर्यबहादुर रानामगर, भिमबहादुर मलेई, लक्ष्मण सिजाली, सुरेश बरई मगर, लक्ष्मी खप्टडी, तुल्शी सिजाली, निर्मला थापा र बन्दना सिजाली रहेका छन् ।

भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसको संयोजकमा छत्र बलामी रहेका छन् भने डिल बहादुर सिजाली र कल्पना बराल सदस्य रहेको आदिवासी जनजाती मगर संघ दैलेखको सह संयोजक हर्क बलामीले जानकारी दिए ।