२०७७ मंसिर १३, शनिबार

स्थानीय काठ जंगलमै कुहिँदै, मलेसियन काठ बजारमा

सुर्खेत। नेपाल सरकारले वन जंगलबाट काठ निकासीमा रोक लगाएको छ । लामो समय सम्म काठ निकासी रोक्दा स्थानीय काठ जंगलमै कुहिने अवस्था सिृजना भएका छ भने बजारमा मलेसियन काठ भित्रिरहेको छ । गत चैत्रमा भएको लकडाउन यता जंगलबाट काठ निकासी रोकिएको सुर्खेतका व्यवसायीहरुले बताएका छन् ।

नेपाल वन पैदानवार उद्योग व्यवसायी संघ सुर्खेत जिल्ला अध्यक्ष राजेन्द्र गिरीले स्थानीय काठ निकासी नहुँदा बजार क्षेत्रमा मलेसियन काठ भित्रिरहेको बताए । ‘नेपाल सरकारबाट अनुमती पाएर नियम अनुसार कटान गरी राखिएका काठहरु जंगलमै कुहिरहेका छन्,’ उनले भने, ‘भारत हुँदै मलेसियन काठ बजारमा आइरहेको छ । काठको खानी जस्तो सुर्खेतमा यसरी मलेसियन काठ भित्रिरहँदा ठूलो मात्रामा रकम बाहिरिरहेको छ ।’ चैत्र यता सर्खुेतमा झण्डै तीन, चार करोडको मलेसियन काठ भित्रिएको उनको भनाई छ ।

काठ सम्बन्धीका सुर्खेतका १५ उद्योग मध्ये चार वटा उद्योगमा मलेसियन काठ छन् भने अन्य उद्योग बन्द हुने ,ेअवस्थामा पुगेको उनको भनाई छ । करडौँको संख्यामा नेपालका सम्पती कुहिएको अवस्था छ भने विदेशी काठ भित्रिरहनु दुखत कुरा भएको उनको भनाई छ । नेपाल सरकारले सालको काठ बाहेक अन्य काठको निकासी नरोकिनुलाई मलेसियन काठ भिक्राउने प्रमुख कारण रहेको व्यवसायीको आरोप छ ।

यस अघि नेपाल सरकारले कैलालीमा वन फलाडी भएको भन्ने उजुरीका आधारमा सालको काठ निकासीमा रोक लगाएको थियो । सुर्खेतका व्यसायीहरुले कैलालीमा भएको घटनाको आधारमा देशभरकै काठ निकासी रोक्न नहुने बताएका छन् । नेपाल सरकारले २०७७ जेठ १५ गते बाट काठ निकासीमा रोक लगाएको थियो ।

जेठबाट काठ निकासीमा रोक लगाइए पनि व्यवसायीहरुले कोरानाका कारण लकडाउन हुँदा चैत्रबाटै काठ ल्याउन नपाएको बताएका छन् । चैत्र यता व्यवसायीको २८ हजार क्यू फिट कटान गरिएको काठ जंगलमै रहेको उनीहरुको भनाई छ ।

काठ निकासी रोकिए संगै आफुहरुको चार करोड बराबरको काठ जंगलमै रोकिएको हिमाल सहमिल उद्योगका सञ्चालक रामबहादुर सिजालीले बताए । नेपाल वन पैदानवार उद्योग व्यवसायी संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष समेत रहेका सिजालीले लामो समय सम्म काठ नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिृजना भएको बताए ।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र दाहालले केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले नै सालको काठ निकासी रोकेकाले खुलाउने बिषयमा केन्द्र सरकारमै भर पर्ने बताए । ‘क्याविनेटले जेठ १५ बाट बन्द गरेको थियो,’ उनले भने, ‘सुर्खेतमा लकडाउन देखिनै बन्द रहेको छ । त्यस यता व्यसायीले काठ भिक्राउन पाएका छैनन् ।’

काठ निकासी रोकिए संगै सुर्खेतमा ५० हजार क्यूफिट बराबरको काठ जंगलमै कुहिँने अवस्थामा पुगेको उनको भनाई छ । ‘अहिले माग थेगिनसक्नु छ,’ उनले थपे, ‘खुल्ने केहि निश्चित छैन । प्रदेश सरकारलाई खुलाउनको लागि पहल गर्न हामीले आग्रह गरे पनि केहि हुन सकेको छैन ।’

प्रदेश सरकारले चाएको अवस्थामा केन्द्र सरकार संग समन्वय गरेर खुलाउन सक्ने उनको भनाई छ । काठ निकासी रोकिए संगै नेपालमा पाँच लाख क्यूफिट अर्थात झण्डै ५, ६ अर्बको मलेसियन काठ भित्रिएको उनको अनुमान रहेको छ । यदि नेपालमै व्यवस्थित गरिकाले काठ निकासी भएको अवस्थामा विदेशबाट काठ ल्याउनुपर्ने अवस्था नआउने उनको भनाई छ ।