२०७७ मंसिर १३, शनिबार

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा शाही

दैलेख, चामुण्डा । रामगाड साना किसान कृषि सहकारी संस्था लिमिटेड चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ दैलेखको अध्यक्षमा निरक बहादुर शाही चयन भएका छन् । संस्थाको दोस्रो साधारणसभाले शाहीको अध्यक्षतामा नौ सदस्यीमा नयाँ कार्यसमिति गठन गरेको हो । संस्थाको उपाध्यक्षमा झनक बहादुर शाही रहेका छन् । भने सचिवमा फडिन्द्र प्रसाद कंडेल, कोषाध्यक्षमा कल्पना कुमारी आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा बाशुदेव कंडेल, चन्द्रा कुमारी शाही, तुलाराम कंडेल, सुरेन्द्रबहादुर शाही रहेका छन् ।

साधारणसभाले निराजन शाहीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा मनसरा खप्तडी मगर र लालसरा शाही रहेका छन् ।

संस्थाले देवबहादुर विकको अध्यक्षतामा तीन सदस्यीय व्यवसाय प्रवद्र्धन उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा खड्क लाल सुवेदी र उदय बहादुर शाही रहेका छन् । सभाले तिलक प्रसाद कंडेलको संयोजकत्वमा ऋण उपसमिति गठन गरेको छ । ्जसको सदस्यहरुमा याम कुमारी तारामी र गञ्ज बहादुर शाही रहेका छन् ।

‘व्यवसायीक कुर्षि पशु सिप विकास किसानको पहिचान रामगाड साना किसान कृर्षि सहकारी संस्थाको विकास र समृद्र्धि अभियान’को नारा बोकेको सहकारीले १५ जना व्यवसायीक अगुवा किसानलाई सम्मान गरेको छ ।

व्यवसायीक पशुपालन, व्यवसायीक कुखुरा पालन, कृषि खेती लगायतमा आवद्ध किसानलाई प्रमाण पत्र सहित सम्मान गरिएको संस्थाका नव नियुक्त अध्यक्ष निरक बहादुर शाहीले जानकारी दिए । व्यवसायीक कृषि उत्पादन, व्यवसायीक पशुपालन, व्यसायीक सिप विकास गर्ने पाँच बर्षे रणनीतिक योजना सहित नयाँ नेतृत्व चयन भएको अध्यक्ष शाहीको भनाई छ ।