२०७७ मंसिर १३, शनिबार

चौकुनेमा भुमिहिन दलित किसान संघ गठन

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा भूमिहिन दलित किसान संघ गठन गरिएको छ । बिहिवार चौकुनेको गुटुमा आयोजित कार्यक्रममा रतन बि.कको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा पद्मा बिक, सचिवमा गणेश बिक, सह(सचिव)मा डम्बरसिंह कामी, र कोषाध्यक्षमा मोती बिक चयन भएका छ्न ।  कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा सुर्खेत इन्चार्ज धिरबहादुर शाहिले भुमिहिन दलित किसानहरुलाई सहयोग पुर्याउन संघ गठन आवश्यक रहेको बताए । चौकुने गाउँपालिका भित्र रहेका सबै भुमिहिन दलित किसानहरुलाई एकीकृत गरि कृषि र रोजगारीको सिर्जना गर्न आफुले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै उनले गाउँपालिका भित्र रहेका भुमिहिन दलित किसानहरुको तथ्यांक संकलन गरि हात–हातमा पुर्जा दिई भुमीको मालिक बनाउने गरि काम अगाडि बढाउन लागेको समेत बताए । यस्तै नेकपा जिल्ला कमिटी सुर्खेतका सदस्य इन्द्र प्रसाद ढकालले अशली भुमिहिन दलित किसानहरुको पहिचान गरि आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।