२०७७ मंसिर १३, शनिबार

चीनले नेपालको भूमि मिचेको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । चीनले नेपालको भूमि मिचेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा प्रदर्शन गरेका हुन् । युवाहरुले प्लाकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेर प्रदर्शन गरेका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए । प्रदर्शनमा आएका युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए ।