२०७७ मंसिर १३, शनिबार

बाल अधिकार दिवसको अवसरमा रेडियो कार्यक्रम मार्फत वक्तृत्वकला

दैलेख। प्रत्येक वर्ष नोभेम्वर २० मा मनाइने अन्तराष्ट्रिय बाल अधिकार दिवस दैलेखमा रेडियो कार्यक्रम मार्फत मनाइएको छ । ‘हाम्रो भविष्यमा लगानी गर्नु भनेका हाम्रा बच्चाहरुमा लगानी गर्नु हो’ भन्ने मुल नाराका साथ रेडियो धुव्रतारा एफ.एम मार्फत ‘भविष्यका लागि बालबालिकामा लगानी’ विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको हो । सेभ द चिल्डेन, अक्सफाम नेपाल र एभरेष्ट क्लव, दैलेखको संयुक्त आयोजनामा शुक्रबार संचालन गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दिप माध्यामिक विद्यालय, आठविस नगरपालिका ५, विन्द्रासैनी माध्याविका विद्यालय, चामुण्डाविन्द्रासैनी नगरपालिका ८, गैडाबाज माध्यामिक विद्यालय, महाबु गाउँपालिका ५ र जयजन्ता माध्यामिक विद्यालय गुराँस गाउँपालिका ६ जोरेबाँझ गरी जिल्लाका ६ विद्यालयका ६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जसबाट जयजन्ता माध्यामिक विद्यालयका विद्यार्थी झलक वि.सी. प्रथम भएका छन् भने विन्द्रासैनी माध्यामिक विद्यालयका विद्यार्थी प्रकाश चौलागाई द्धितिय भएका छन् । यस्तै दिप माध्यामिक विद्यालयका विद्यार्थी सुर्जा बस्नेत तृतिय भएका छन् ।

सहभागि प्रथम, द्धितिय र तृतियलाई क्रमश ९ सय, ७ सय र ४ सय रुपैयाँ पुरस्कार दिइएको मुल्यांकन समितिका संयोजक बसन्त माध्यामिक विद्यालय नारायण नगरपालिका ७ किमुगाउँका प्रधानाध्यापक धर्मराज खड्काले जानकारी दिए ।

कोरोनाका कारण लामो समय सम्म भएको बन्दाबन्दीले विद्यार्थीहरु विद्यालयमा जान नपाएको अवस्थामा विद्यार्थी र अभिभावकहरुलाई विद्यालय क्रियाकलापको झल्को दिई अन्तराष्टिय बाल अधिकार दिवस संचालन गर्न बाल प्रतिभा रेडियो कार्यक्रमको आयोजना गरिएको एभरेष्ट क्लव दैलेख अन्र्तगत युवा सशक्तिकरण बुलगारी परियोजनाका कार्यक्रम संयोजक टेकराज आचार्यले बताए ।