२०७७ माघ ७, बुधबार

जिल्ला अस्पताल हुम्लामा ओपीडी सेवा बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संकमण देखिएपछि अस्पतालमा इमरजेन्सी र सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको हो ।

अस्पतालका आकस्मिक सेवा र सुत्केरी सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिइन । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको छ ।

अनमी बोहराले अर्को सुचना जारी नहुँदा सम्म आकस्मीक सेवा र सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको जानकारी दिइन ।