२०७७ माघ ७, बुधबार

वीरेन्द्रनगरमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

सुर्खेत । वीरेन्द्रनगरमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि शुरु भएको छ । लैङ्गीक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नाराका साथ यस वर्षको लैङ्गीक हिंसा विरुद्धको अभियान शुरु गरिएको हो । जसस अन्तर्गत पहिलो दिन लैङ्गीक हिंसा विरुद्धमा एक्यवद्धता जनाउँदै हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ ।

घरपरिवार, समाज, कार्यालय जस्ता ठाउँमा हुने क्रियाकलाप र राखिने सोच हिजोको दिनमा जे भएपनि अब सबैजनाले सकरात्मक सोच राख्न जरुरी रहेको नगरपालिकाको प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । उनले आफु स्वंयम परिवर्तन भएर यस अभियानमा साथ दिन सके हिंसाका घटनामा कमि आउने बताए ।

नगरपालिकालाई लैङ्गीक हिंसामुक्त नगर निर्माण गर्ने योजना रहेकाले यस अभियानमा साथ दिन नगर उपप्रमुख मोहनमाया ढकालले आग्रह गरिन् । २० औं शताब्दीसम्म महिला हिंसा भनेर लिने गरिएकोमा अब २१ औं शताब्दीमा यसलाई लैङ्गीक हिंसा परिभाषित गरिएको ढकालको भनाई छ ।