२०७७ माघ ७, बुधबार

मन्त्री ज्वालाको जन्मदिनमा न्यानो कपडा वितरण, आश्रममा रात्री भोजन

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफ्नो जन्मदिन प्रशान्ति वृद्धा आश्रम र मानव सेवा आश्रमलाई सहयोग गरेर मनाएका छन् । मन्त्री ज्वालाले वीरेन्द्रनगर स्थित लाटीकाईलीमा रहेको वृद्धा आश्रममा रहेका २२ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।

भने वीरेन्द्रनगर १२ मा रहेको मानव सेवा आश्रममा रात्री भोजन समेत गराएका छन् । जन्मदिनको दिन अन्य खर्च गर्नु भन्दा दुखी विपन्नहरुको सेवामा खर्च गर्नुपर्छ भन्ने उद्देश्यले आश्रममा सहयोग गरेको मन्त्री ज्वालाको भनाई छ ।