२०७७ माघ ७, बुधबार

कालिकोटमा आगलागी हुँदा तीन घर जले

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीको दलित बस्तीमा आगलागी हुँदा तीन घर जलेका छन् । शनिबार बिहान भएको आगलागीबाट अन्य ११ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका पशु तथा अन्य सामाग्रीहरुमा क्षति पुगेको छ । स्थानीयको सहयोगमा आगो निभाइएको छ, भने आगलागी के कति कारणले भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक चन्दबहादुर शाहले जानकारी दिए ।