२०७७ माघ ७, बुधबार

आगलागीबाट ३ घरका १३ परिवार विस्थापित, मुख्यमन्त्रीद्वारा राहत वितरण

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीको दलित बस्तीमा आगलागी हुँदा तीन घर जलेका छन् । भने तीन घरमा १३ परिवार विस्थापित भएका छन् । शनिबार बिहान भएको आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका पशु तथा अन्य सामाग्रीहरुमा क्षति पुगेको छ ।

स्थानीयको सहयोगमा आगो निभाइएको छ, भने आगलागी के कति कारणले भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक चन्दबहादुर शाहले जानकारी दिए ।

आगलागी पीडितलाई राहत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी कालिकोट पुगेका छन् । विस्थापित परिवारको लागि अति आवश्यक वस्तुहरु लत्ताकपडा, भाडाकँुडा, खाद्यन्न लिएर कालिकोट गएका हुन ।