२०७७ माघ १२, सोमबार

राज्यमन्त्री रावतद्धारा पञ्चपुरी अस्पतालको शिलान्यास

सुर्खेत । पञ्चपुरी नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारका स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्री नवराज रावतले आइतबार शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै राज्यमन्त्री रावतले सरकार नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको बताए । साथै सोही बमोजिम स्वास्थ्य सुविधाका लागि हरेक पालिकामा ५ देखि १५ शैय्याको अस्पताल निर्माण गर्ने योजना रहेको उनको भनाई छ । उनका अनुसार शिलान्यास मात्र गरिएको नभई तत्कालै सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालको भवनका साथै जनशक्ति तथा उपकरणको कमी हुनन दिने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाएका छन् ।

‘तपाइहरुलाई कही कतै अस्पतालको आश्वासन मात्रै दिएका हुन की बजेट आउछ की आउदैन भन्ने लागेको हुनसक्छ’ राज्यमन्त्री रावतले भने,‘१८ करोड बजेट आउने सुनिश्चित भैसकेको छ भने एक करोड पठाइसकेका छौँ, अब ढुक्क हुनुस जनशक्ति र सामग्री सहितको अस्पताल बन्छ ।’

उनले दुई बर्ष भित्र भवन निर्माण कार्य सम्पन्न हुने बताए । सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राज्यमन्त्री रावतले आफूले निर्माणका बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपमा पूरा गर्दै गएको बताए । पश्चिमको विकासका लागि सडक, बत्ति र अस्पताल निर्माणमा प्रगतिभइरहेको बताउँदै रावतले जनतासामू गरेकाबाचा पूरा गर्न इमान्दार भएर लाग्ने बताए ।

शिलान्यास कार्यक्रममा राष्ट्रियसभा सदस्य सदस्य नन्दा शर्माले नागरिक स्वस्थ नभई समृद्धि नहुने भन्दै सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतादिनुले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर छ भन्ने कुरा प्रमाणित हुने बताइन् ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य बिन्दमान बिष्टले सरकार समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अग्रसर रहेको र स्थानीयतहमा अस्पताल बनाउने निर्णयले त्यसमा टेवापुगेको बताए । स्वास्थ्य राज्यमन्त्री रावतको उपस्थितिमा यस अघि वीरेन्द्रनगरको लाटिकोइली, बराहतालको बड्डीचौर र चौकुनेको बिजौरामा अस्पतालको शिलान्यास भइसकेको छ ।