२०७७ माघ ७, बुधबार

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खड्का र समन्वय विज्ञ मल्लद्वारा सपथ ग्रहण

मुख्यमन्त्री महेन्द्रबहादुर शाही आयोगका उपाध्क्ष डा. खड्कालाई सपथ गराउँदै । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त नीति तथा योजना आगोगका उपाध्यक्ष डा.सर्बराज खड्काले सपथ लिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट सपथ लिएका हुन । यस अघि कर्णाली प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको नारायण नगरपालिका निबासी डा. खड्कालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

यस्तै मुख्यमन्त्री शाहीका समन्वय विज्ञका रुपमा नियुक्त झकबहादुर मल्लले पनि सपथ लिएका छन् । मुख्यमन्त्री शाहीले मल्ललाई सपथ गराएका हुन । सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली निवासी मल्ल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सुर्खेतका सह–इन्चार्ज समेत हुन् ।

सपथ ग्रहण पछि मिडिया संग कुरा गर्दै डा. खड्काले योजना आयोगका अपूर्ण कार्यहरु, रणनीति अनुसार अघि बढउने बताएका छन् । ‘कर्णाली प्रदेश थुप्रै सम्भावना भएको प्रदेश भए पनि त्यहाँ भित्र धेरै विपन्नता उजागर भएको पाइन्छ,’ उनले भने, ‘ती सम्भावनाहरुलाई कसरी सहि सदुपयोग गर्न सकिन्छ । त्यसमा हाम्रो ध्यान जानेछ ।’ आफ्नो कार्यकाल सम्म कर्णाली प्रदेशको विकास र समृद्धिको लागि योजनावद्ध रुपमा अघि बढ्ने खड्काको भनाई छ ।

कर्णाली प्रदेशको दिगो विकासको रणनीति, कानूनी संरचना निर्माणमा लाग्ने उनको भनाई छ । कोरोनाका कारण आर्थिक मन्दीबाट यहाँका जनतालाई कसरी अघि बढाउने सकिन्छ, शिक्षा क्षेत्र, पर्यटकीय क्षेत्रहरुको कसरी विकास गर्न सकिन्छ त्यता तिर पनि ध्यान जानेछ ।