२०७७ माघ ७, बुधबार

कालिकोटमा भएका आगलागीबाट ७६ लाखको क्षति

कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा भएको आगलागीबाट ७६ लाख बराबरको क्षति भएको छ । शनिबार राँचुली गाउँको दलित बस्तीमा आगलागी भएको थियो । आगलागीबाट ३ घर पूर्ण रुपमा जलेका छन् भने १३ परिवार विस्थापित भएका छन् ।

स्थलगत मुचुल्का अनुसार ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भएको छैन । भने, दुई गाईको मृत्यु र एउटा घाईते भएको छन् ।