२०७७ माघ १२, सोमबार

चामुण्डाबिन्द्रासैनीमा १५ शैयाको अस्पतालको शिलान्यास

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नगरपालिका वडा नम्बर ८ को लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकी नजिकै अस्पतालको भवनको शिलान्यास गरिएको हो ।

अस्पतालको सोमबार नगर प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गरेका हुन । अस्पतालको शिलान्यास गर्दै प्रमुख शाहीले कोहि नागरिकहरु स्वास्थ्य उपचारबाट बन्चित भइ अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । साथै आगामि दिनमा अस्पतालको स्तर वृद्धि गरी स्तरिय स्वास्थ्य सेवा नगरपालिकलाई प्रादन गर्ने बताए ।

स्थानीय तहको चुनावी घोषण पत्रमा नै आफुले बिन्द्रासैनी क्षेत्रमा स्वास्थ्यलाई प्रथामिकता दिएको भन्दै शाहीले त्यो सफल भएको र अब आवश्यक स्वास्थयकर्मीको व्यवस्थापनमा लाग्ने बताए ।

नगर अस्पतालको भवन २ करोड ४० लागत निर्माण हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिलक विकले जानकारी दिए ।  शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख तारा शाही, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।