२०७७ माघ ७, बुधबार

सिटी बसपार्क सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्क सोमबार देखि सञ्चालनमा आएको छ । वीरेन्द्रनगर ६ स्थित अस्थायी रुपमा सञ्चालन हुँदै आएको बसपार्कको पूर्वी भागमा निर्माण गरिएको बसपार्क सञ्चालनमा आएको हो ।

नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु र बस व्यवसायीहरुलाई सहज भएको बताएका छन् । बसपार्क संचालनको जिम्मा पीआर कन्ट्रक्सन भत्तपुरले पाएको छ ।

सिटी बसपार्क भित्र सिसिटिभी जडान, सुरक्षा पोष्ट, ट्राफिक सिङ्गनल, साइन, यात्रु चढ्ने वा झर्ने ठाउँ निश्चित, यातायात कार्यलयका कर्मचारीले परिचय–पत्र तथा जर्सीको अनिवार्य प्रयोग गर्ने जस्ता नियमहरु बनाइएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।

दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न भए पनि विभिन्न विवादका कारण ढिला गरी सञ्चालनमा आएको हो ।