२०७७ माघ ७, बुधबार

अवैध काठ सहित २ जना पक्राउ

सुर्खेत । प्रहरीले अवैध काठ सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बावियाचौरले ७१ थान अवैध चिरान काठ सहित २ जनालाई पक्राउ गरेको हो । पञ्चपुरी नगरपालिका ९ खेतुबाट काठ ओसार–पसार गरिरहेको अवस्थामा ओमप्रकाश भूषाल र सुरेश नेपालीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट काठ सहित ओसार–पसारमा संलग्न क.प्र. ०२००१ त ००९४ नम्बरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणले दिएको छ । काठ सहित प्रक्राउ परेका दुई परेका दुई जनालाई सव डिभिवन वन कार्यालय चौकुनेमा बुझाइएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।