२०७७ मंसिर ९, मंगलवार

१७ वर्षपछि काजोलले खोलिन रहस्य: अजयसंग किन विवाह भयो ?

kajol-ajya-devgan-11312828बलिउडकी नायिका काजोलले अजय देवगनसंग तब विवाह गरेकी थिइन जब उनको एक्टिङ करिअरले धमाका गर्दै थियो। १७ वर्ष पछि, अब काजोलले बताएकी छिन् की उनले यस्तो किन गरिन। एक अन्तर्वार्तामा उनले खुलासा गरेकी छिन् कि उनी जिन्दगी अनि करिअरमा सन्तुलन चाहन्थिन।

उनले भनिन, ‘मैले काम गरेको करिब ९ वर्ष भइसकेको थियो। हरेक वर्ष ४(५ फिल्म आइरहेको थियो। मसंग सबैकुरा थियो, पैसा, इज्जत अनि सफलता तर आफ्नै लागि समय थिएन न सन्तुष्टी थियो। एक ठूलो फैसला लिने त्यहि सही समय थियो। अनि मैले तय गरेकी अब विवाह गर्नेछु अनि वर्षमा एक भन्दा बढी फिल्ममा अभिनय गर्नेछैन।’

विवाहको कुरा गर्दा गर्दै उनले आफु अभिनयमा कसरी आइन पनि बताइन। उनले भनिन, ‘निधारमा आपसमा जोडिएका बाक्लो आंखी भौँको साथमा स्क्रिनमा देखिने फैसला लिन सजिलो थिएन। मेरो साथी मिकीले मेरो हौसला बढाएर भरोसा दिलाएर बाँकी हिरोइनभन्दा अलग देखिन्छ अनि दर्शकले मन पराउँछ भनेका थिए।’

२ अप्रिल, १९६९ मा जन्मेका अजयले बलिडकी काली सुन्दरी काजोलसंग विवाह गरे। २४ फेब्रुअरी, १९९९ मा जो जोडीको विवाह भएको थियो। कुनै समय यी दुवै अन्यसंग सम्बन्धमा थिए।

अजयको साथ पहिलो पटक सुटिङ गर्दा ९फिल्म हलचल० नै काजोललाई लागेको थियो कि यो व्यक्तिले आफ्नो जिन्दगीमा महत्वपूर्ण भुमिका खेल्नेछ। तर, सो समयमा काजोल अनि अजय दुवै अन्यसंगै रिलेसनमा थिए। काजोल(अजय साथी थिए। काजोलले आफ्नो लभ(लाइफ बारे अजयसंग सल्लाह लिने गर्थे। अजय पनि सहजै काजोललाई सल्लाह दिन्थे।

अजय पहिले निकै कम बोल्थे, एक्लै बस्न रुचाउँथे। कालोज विस्तारै नजिकिइन। यी दुई बिच कुराकानी बढ्न थाल्यो।

फिल्म हलचल पछि दुवैले संगै, ‘इश्क’, ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राजू चाचा’ र ‘यू मी और हम’ फिल्म खेले। समयसंगै दुवै बीच प्रेम भयो अनि अन्ततस् विवाह गरे। काजोल र अजयको छोरी न्यासा र छोरा युग छन्।