२०७७ माघ ५, सोमबार

साहित्यकार पृथ्वीबहादुर सिंहद्वारा लिखित पुस्तक विमोचन

सुर्खेत । लेखक/साहित्यकार पृथ्वीबहादुर सिंहद्वारा लिखित शहीदको सपना (कविता संग्रह) र सम्बृद्धिको लहरीमा कर्णाली (नियात्रा संग्रह) पुस्तक लोकार्पण गरिएको छ ।

सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले पुस्तकको लोकार्पण गरेका हुन ।

वाङ्मय चौतारी नेपाल साहित्य निकेतन, सुर्खेतले आयोजना गरेको लोकार्पण गरेको कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।