२०७७ माघ १२, सोमबार

करेखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत । गएराती सुर्खेतमा जीप दुर्घटनाहुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको लेकवेशी नगरपालिकाबाट वीरेन्द्रनगर नगरपालिका तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२÷००१ ज ००३९ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा दुर्घटना भएको हो ।

अरोलो सडकमा बोलेरो जीपको ब्रेक फेल भएपछि सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा घाइतेहरुको उद्दार गरि देउती नसिङ्ग होम वीरेन्द्रनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी राम प्रसाद घर्तीले जानकारी दिए । जीपमा चालक सहित १० जना यात्रु सवार थिए । चालक बाहेक सबै यात्रु सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।