२०७७ माघ ३, शनिबार

ज्वाला पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत । ज्वाला पोलिक्लिनिक वीरेन्द्रनगर–६ वीरेन्द्रचोक सुर्खेतले एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार वीरेन्द्रनगर–६ मंगलगढि चोकमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा निशुल्क मघुमेह (सुगर) जाँच, ब्लड पे्रशर तथा अन्य स्वाथ्य सम्बन्धी परामर्श दिइएको छ । चेकजाँचको क्रममा मघुमेह (सुगर) र ब्लड पेसरका ५० जना भन्दा बढि बिरामीलाई किल्लिनिकमा नै लगेर डा. सोजन सापकोटाद्वारा निशुल्क उपचार गरिएको बताइएको छ ।

एक दिने शिविरमा सबै गरेर २ सय बढि मानिसको स्वास्थ्य परिक्षण गरिएको किल्लिनिकका सञ्चालक भक्तबहादुर बि.सीले जानकारी दिए । राजधानीमा बस्ने मानिसहरुले आफ्नो स्वास्थ्यको कसरी ध्यान गरेका छन्, उनीहरुमा के कस्ता समस्या छन् तीनको बारेमा जानकारी दिने संगै प्रत्येक व्यक्तिले समय समयमा स्वास्थ्य परिक्षण गराउनुपर्छ भन्ने कुराको विकास गराउनको लागि पनि शिविर सञ्चालन गरिएको उनको भनाई छ ।