२०७७ माघ ९, शुक्रबार

सुर्खेतमा प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शन (फोटोफिचर)

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहले सुर्खेतमा विरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव पक्षले देशैभर आयोजना गरेको विरोध प्रदर्शन अन्तर्गत सुर्खेत सहित कर्णालीका १० वटै जिल्लाहरुमा प्रदर्शन गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरको मंगलगढिचोकबाट सुरु भएको विरोध प्रदर्शन बिच बजार हुँदै पिपल चौतारामा गएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपाकी नेतृ एवम् प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले केपी ओलीले व्यक्तिवादी शासन लागू गर्न खोजेको आरोप लगाइन । ओलीको उल्टो हिँडाईले देशलाई कुनै पनि फाइदा नगर्ने उनको भनाई छ ।

कार्यक्रममा नेकपा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर बिष्टले ओलीले गणतन्त्रलाई नै धरापमा पारेको आरोप लगाए । नेकपा सुर्खेतका सह–ईन्चार्ज एवम् कर्णाली प्रदेश सभाका सदस्य बिन्दमान बिष्टले ओली कर्णाली प्रति पूर्वाग्रह राख्ने भएकाले ओलीलाई नफाले सम्म कर्णालीको विकास सम्भव नभएको बताए ।

कार्यक्रममा सहभागि नेकपा जिल्ला कमिटि अध्यक्ष ध्रुवकुमार शाही सह–ईन्चार्ज झकबहादुर मल्ल, सचिव कृष्ण जिसी लगायतका नेताहरुले सुर्खेती कम्युनिस्टहरु एक ठिक्का भएर भएर गलत अभ्यासको प्रतिकार गरेको बताए ।