२०७७ माघ ७, बुधबार

प्रशासनले तोक्यो प्रदर्शन गर्ने निश्चित क्षेत्र

सुर्खेत । जिल्लामा मदलाग्दी तरिकाले विरोध तथा प्रदर्शन कार्यक्रम भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले निश्चित क्षेत्र तोकेको छ । जन अन्तर्गत दैलेख सदरमुकामको हकमा काँडाचौर र टुँडीखेल बाहेक अन्य क्षेत्रमा विरोध, जुलुस तथा प्रदर्शन नगर्न अनुरोध गरिएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निश्चित क्षेत्र तोकिएको जानकारी दिए । गृह प्रशासन सुधार मार्गचित्र–२०७४ को बुँदा ३० मा भएको व्यवस्था अनुसार अन्य क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको बताए ।

यस अघि ०७५ बैशाख ३ गतेको बैठकले नै विरोध, जुलुस तथा प्रदर्शन लागि निश्चित क्षेत्र तोकिसकिएकाले अब देखि हुने गतिविधिहरु ती नै क्षेत्रहरुमा सञ्चालन गर्न प्रशासनको अनुरोध छ ।