२०७७ माघ ७, बुधबार

सम्पादकीय: कर्णालीलाई खेलकुद् विकासको चिन्ता

नेपालका सात वटा प्रदेश मध्ये कर्णाली प्रदेश खेलकुदको क्षेत्रमा सबै भन्दा पछाडी परेको प्रदेश हो । कर्णालीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो प¥याप्त मात्रमा उपस्थिती जनाउन सकेका छैन । त्यस कारणले पनि कर्णालीलाई खेलकुदको क्षेत्रमा पछि परेको प्रदेश भनिन्छ । यसरी भनिए जस्तै कर्णाली साँच्चीकै खेलकुदको क्षेत्रमा पछि परेको छ । खेलकुद प्रेमिहरुको जमात धेरै भए पनि प¥याप्त मात्रामा पूर्वाधार निर्माण नहुँदा कर्णालीको खेलकुद क्षेत्र पछि छ ।

अहिले सम्म कर्णालीमा राष्ट्रिय स्तरको रंगशाला सम्म निर्माण हुन सकेको छैन । यस्तो अवस्थामा कर्णालीको खेलकुदको विकास कसरी हुन सक्छ । पछिल्लो समय कर्णाली प्रदेश सरकारले कर्णालीको खेलकुद क्षेत्रको विकासको लागि थुप्रै योजना बजेट अघि सारेको छ । तर त्यो सबै योजनाको बजेट प्रत्येक बर्ष फ्रिज हुने गरेको छ । राजधानी वीरेन्द्रनगर मै खेलकुदको लागि आधारभूम संरचना निर्माण भएका छैनन् भने जुम्ला, हुम्ला, मुगु जस्ता हिमाली जिल्लाहरुमा कसरी हुन सक्छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुद विधयेक २०७६ जारी गरेको छ । जस अन्तर्गत हालै मात्रै विधयेक अनुसार प्रदेश खेलकुद परिषद् गठन गरिएको छ । पिछडिएको कर्णालीको खेलकुदको विकासको लागि यो परिषद्ले राम्रो काम गर्ने कर्णालीबासीको अपेक्षा छ । यसो त कर्णाली प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने तयारी गरेको छ । यसको तयारीमा पनि यो परिषद्ले काम गर्ने छ । यसरी प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेश सरकार तथा अन्य खेलकुद संग सम्बन्धी क्षेत्रका मानिसहरुको सहयोगमा कर्णालीको खेलकुद क्षेत्रको विकास हुने कर्णालीबासीको अपेक्षा छ । अबको केहि बर्षमा नै कर्णालीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको उदय हुने अपेक्षा छ । यी कुराहरुलाई मध्यनगर गर्दै प्रदेश सरकारले खेलकुदका गतिविधिहरु अघि बढायोस् ।