२०७७ माघ ११, आईतवार

सम्पादकीय: साना किसानलाई अवसर !

कर्णाली प्रदेश सरकारले साना किसानलाई लक्षित गरेर व्यावसायिक कृषि तथा पशुपन्छी पालनका लागि दिने ब्याज अनुदान अब सहकारी संस्था मार्फत पनि दिइने घोषणा गरेको छ । प्रदेश सरकार भूमि व्यवस्था कृर्षी तथा सहकारी मन्त्रालयले साना तथा अति विपन्न किसान जसले ऋण लिन धितो राख्न सक्दैनन् उनीहरुलाई लक्षित गरेर कार्यक्रम अघि बढाएको छ । जसमा अति विपन्न कृषकहरुले न्यूनतम ५० हजार देखि ५ लाख रुपैयाँ सम्मको ऋणमा ब्याज अनुदान पाउने छन् । सहकारीले दिइने ब्याजदरको १० प्रतिशत ब्याज एक प्रतिशत सेवा शुल्क मन्त्रालय तिरिदिनेछ भने बाँकी कृषकले तिर्नुपर्नेछ ।

यस अघि मन्त्रालयले ब्याज अनुदान कार्यक्रमको लागि कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक संग सम्झौता गरिसकेको छ । बैंकमा पहुँच नभएका अति विपन्न साना किसानलाई समेट्ने गरी यो कार्यक्रम अघि बढाइएको हो । साना किसानले भरिएको कर्णालीमा यो कार्यक्रम सुरु भए संगै धेरै किसानले ब्याज अनुदान पाउने अपेक्षा गरेका छन् । तर आफुहरुले पाउने वा नपाउने भन्ने कुरामा उनीहरु विश्वस्त भने हुन सकेका छैनन् ।

साँच्चीकै साना किसानको हितमा यो कार्यक्रम सफल रुपमा कार्यान्वयन भएको अवस्था एउटा किसानको लागि अवसर हुनेछ । कृर्षी मन्त्रालयले पनि यस कार्यक्रमलाई एतिहासीक भएको बताएको छ । मन्त्रालयले सबैको पहुँचमा पुग्ने गरी कार्यान्वयनको चरणमा जाने बताएको छ । हाल कर्णालीमा प्रदेशका खेती किसानी गर्ने अधिकांश साना किसानहरु रहेका छन् । जस कारणले पनि यो कार्यक्रमले धेरै भन्दा धेरै किसानलाई समेट्ने बताइएको छ । प्रदेशका १० वटै जिल्लाहरुका किसानलाई समेट्ने विश्वास गरिएको छ । कार्यक्रम घोषणाले जुन किसिमको उत्साह दिएको छ । त्यसरी नै कार्यान्वयनले पनि उत्साह दिनुपर्न । यदि कार्यान्यनमा उत्साह दिएर सबै किसानको पहुँचमा पु¥याएको अवस्थामा साँच्चीकै यो कार्यक्रम साना किसानलाई एउटा अवसरको रुपमा विकास हुनेछ ।