२०७७ माघ ३, शनिबार

ओली गुट छोडेर पर्यटन मन्त्री बुढा प्रचण्ड–माघव गुटमा

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रधानमन्त्री केपी शर्मा ओली गुट छाडेर प्रचण्ड–माधव समूहमा लागेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपामा आवद्ध रहेको जानकारी गराएका छन् । डोल्पाबाट प्रदेशसभाबाट निर्वाचित सांसद बुढा ओली समूहबाट कर्णालीको पर्यटन मन्त्री भएका थिए ।