२०७७ माघ १२, सोमबार

गुर्भाकोटमा बस भेरीमा खस्यो

सुर्खेत । छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत गुर्भाकोट नगरपालिका–९ गराले नजिकैबाट भेरीमा बस खसेको छ । दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो । नदिमा बस डुबेकाले गाडी नम्बर तथा यात्रुको बारेमा विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

‘दुर्घटनाको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय बोटेचौर र मेहलकुना घटनास्थलतर्फ गइरहेका छन्,’ प्रवक्ता घर्तीले भने, ‘प्रहरी पुग्ने बित्तिकै थप विवरण आउँछ ।