२०७७ माघ १२, सोमबार

पत्रकार रमेश रावल सम्मानित

सुर्खेत । वीरेन्द्रनगरमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार रमेश रावल सहकारी पत्रकारिता सम्मान २०७७ बाट सम्मानित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले उनलाई सम्मान गरेको हो । रावललाई नगद, प्रमाणपत्र र दोसल्लाह सहित सम्मान गरिएको हो । कालीकोटमा लामो समयदेखि पत्रकारिता गरेका रावल करिब ढेड वर्षदेखि सुर्खेतबाट पत्रकारिता गर्दै आएका छन् । रावल नयाँ पत्रिका दैनिक र शिलापत्र डटकम र सुर्खेतबाट प्रकाशन हुने काँक्रेविहार दैनिकमा कार्यरत छन् ।

ग्रामिण क्षेत्रमा कृषि, युवा स्वरोजगार लगाएतका क्षेत्रमा काम गर्दै आएको सहकारीको आर्थिक वर्ष २०७६÷०७७ को नौँ करोड ३ लाख ८० हजार ६ सय ७९ रहेको साधारणसभा पेश गरिएको थियो । गत वर्ष सहकारीको सेयर पूँजी ५४ लाख ४४ हजार ६ सय रहेकोमा यस आर्थिक वर्षमा २ लाख ३३ हजार ८ सय बृद्धि भएर ४ करोठ ३१ लाख २ सय ५५ रुपैयाँ पुगेको सहकारीका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।
सहकारीमा कुल एक हजार आठ सय ५६ जना शेयर सदस्यको पाँच करोड ६७ लाख आठ हजार चार सय रुपैयाँ शेयर पुँजी रहेको अध्यक्ष बुढाले जानकारी दिए ।  ग्रामिण क्षेत्रमा कृषि क्षेत्रका काम गर्दै आएको संस्था भएका कारणले अबका दिनमा कृषि क्षेत्रको लगानीमा जोड दिइने अध्यक्ष बुढाले जानकारी दिए ।