२०७७ माघ ११, आईतवार

लैङ्गिकहिंसा बिरुद्ध लोक गीत प्रतियोगिता

downloadसुर्खेत, भदौ २३ ।
बाबियाचौरमा लैङ्गिकहिंसा बिरुद्ध लोक गीत प्रतियोगिता गरिएको छ । युएसआइडीको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत इक्वेल एक्सेसद्वारा गठित जुनेली रेडियो स्रोता समुहको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

समूहले लघु अनुदान अन्र्तगत सो कार्यक्रम सम्पन्न गरेको हो । ६ वटा समुहहरुको सहभागिता रहेको कार्यक्रममा ग्रामीण एकता युवा समूह प्रथम, मालती आमा समूह द्धितीय, मिलनसार किशोरी सम्बाद केन्द्र तृतीय र फुलबारी रेडियो स्रोता समूह सान्त्वना भएको छ । समाजमा कायम रहेको लै¨िक हिंसालाई न्यूनिकरण गर्न सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएएको हो ।

कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय बाबियाचौरका निशान्त हमालले समाजमा रहेका बिभेद्हरुलाई अन्त्य गर्दै लैजानका लागि नयाँ ढंगबाट गरिएको कार्यक्रम प्रभावकारी भएको बताए । त्यस्तै गाउँ विकास समितिका सामाजिक परिचालक टिकाराम खरालले आगामी दिनमा पनि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरु निरन्तर गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, महिला सञ्जाल, युवा सञ्जाल, गाविसमा कार्यरत बिभिन्न संघ संस्था, साझेदार संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्रोता समूहकी अध्यक्ष कल्पना तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको हो ।