२०७७ फाल्गुन २३, आईतवार

निर्वाचन लक्षित गतिविधि सुरु

सुर्खेत । ज्ल्लिा निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन लक्षित गतिविधि अघि बढाएको छ । निर्वाचन आयोग केन्द्रीय समितिको निर्देशन अनुसार मतदाता नामावली अद्यवधिक कार्यक्रम २०७७ सम्बन्धी जानकारी संगै विभिन्न राजनीतिक दल तथा अन्य सम्बन्धीत क्षेत्र संग छलफल गरेको छ । वर्तमान सरकारले संसद विघटन गरेर बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरे संगै निर्वाचन आयोग चुनाव लक्षित गतिविधिमा लागेको हो ।

आयोगले चुनावको तयारी स्वरुप विभिन्न जिल्लाहरुमा छलफल अन्तरक्रिया कार्यक्रम, मतदाता नामावली सम्बन्धीका विभिन्न काम अघि बढाएको हो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतकी जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले केन्द्रको निर्देशन अनुसार सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, प्रकाशन भएका नामावलीमा रहेका क्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने जस्ता विविध कार्यक्रमहरु अघि बढेको बताइन् ।

प्रकाशित नामावलीमा कुनै मतदाताको नाम एक भन्दा बढि स्थानमा समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न निर्देशन दिने, प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका व्यक्तिको वितरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने जस्ता कार्यतालिका सार्वजनिक गरिएको हो ।
आयोग सुर्खेतको तथ्याङ्क अनुसार हाल सुर्खेतमा सम्भावित मतदाता संख्या २ लाख १९ हजार ४ सय ७६ रहेको छ । यस अघि २०७४ सालमा सुर्खेतमा मतदाता संख्या २ लाख ४ हजार ५ सय ७७ थियो । अन्तरक्रियाबाट निश्किने निश्कर्ष प्रतिवेदन स्वरुप केन्द्रमा पठाउने आयोग सुर्खेतले बताएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को माहामारी सुरु भए संगै जिल्ला प्रशासनबाट मतदाता नामावलीको लागि काम रोकिएको छ । रोकिएको काम सुरु भए संगै सुर्खेतमा मतदानाको संख्या अझै बढ्ने अनुमान गरिएको छ । छलफलमा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रशासनबाट दिइने फोटो सहितको नामावलीको सेवा तत्काल सुरु गर्नुपर्ने माग गरे ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि गशेण खड्काले राष्ट्रिय दल हुनको लागि चाहिने ३ प्रतिशत मत र १ स्थानमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था खारेज गर्न माग गरे । उक्त व्यवस्थाले साना दलहरु मर्कामा परेको भन्दै उनले खारेजको माग गरेका हुन । यस्तै निर्वाचनको समयमा जनतालाई आर्थिक प्रभावमा पारेर मत संकलन गर्ने वा त्यसमा संङलग्न राजनीतिक दलको उम्मेदवारी नै रद्द गर्नुपर्ने, चुनावलाई निष्पक्ष र धाँदली रहित बनाउन ठोष कमद अघि बढाउनुपर्ने बताए ।

सम्बन्धित समाचार