२०७७ माघ ७, बुधबार

विकाशमा छरितो गुणस्तरियता

cropped-logosविकाशमा धिमा गति त्यसैपनि छदै छ । सधैभर हामिले यिनै विषयमा केहि न केहि बोल्नै पर्नेहुन्छ । लेख्नैपर्ने हुन्छ । हामि विकाशको धिमा गतिका बारेमा सधै बोलिरहनुपर्ने हुन्छ ।

नागरिक समाज कमजोर भयो भने र सर्वसाधारणहरुले सधै साशितहुनुपर्ने भयो भने यस्तो अवस्थाको श्रृजना हुने गर्छ । जहिले नागरिक समाजले खेल्ने भुमिका कमजोर भयो कि सरकार माताहतका निकाय अस्तव्यस्त जस्तै हुन्छन । विकाशको अवस्था पनि त्यस्तै हुन्छ ।

करिब रातानाङला–धरमपोखरा–मटेला दह सडक को अवस्था पनि लामो समय यस्तै भयो । सडक संचालनमा आएको लामो समय भइसक्दा पनि अर्षाको समयमा पहिलो झर्ने, पानी जमेर सडकमा खाल्डा पर्ने अवस्था भएको थियो ।

निर्माण सम्पन्न भएको लामो समय भैसक्दा पनि अस्तव्यस्त जस्तै देखिने सडकको बारेमा बल्ल अलिकती सम्बन्धित निकाय तातेको त छ तर यस्को गुणस्तरीयताका बारेमा फेरी सचेत नुहने हा भने बनाको केहि समयमै भत्कीने अवस्थाको श्रृजना हुने निश्चीत छ । हाल उक्त सडकको सुधारका लागि ग्रामीण आयोजना सुदृढिकरण अन्तर्गत ओटासिलसम्मको कार्य सम्पन्न गर्न लागिएको हो ।

उक्त सडकलाई ओटासिल गर्नका लागि परियोजनाको सम्झौता गत चैत्र २५ गते भएको थियो । सम्झौता भएको मितिले १५ महिना अर्थात आर्थिक वर्ष २०७४ को अन्त्यसम्ममा आयोजनाको काम सम्पन्न गरिसक्नुपर्ने छ ।

तर यो परियोजनाको काम सम्झौता भएको पाँच महिना पछि मात्रै सुरु भएको छ । यो हिसाबले पनि कहि न कहि चिन्ता र संका दुवै गुर्नपर्ने अवस्थाको श्रृजना भएको छ । सबै सचेत बनौ र विकाश निर्माणमा खबरदारी गरौ । समयमै र गुणस्तरीय काम गर्नका लागि ।