२०७७ फाल्गुन २३, आईतवार

विपन्न परिवारलाई कम्बल वितरण

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ मा पर्ने घुमखहरे र लौरिदमारमा रहेका अती बिपन्न बादी समुदायलाई कम्बल वितरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे. क्वा. रक्तकाली सुर्खेतको समन्वयमा अति विपन्न १५ घर परिवारलाई कम्बल बितरण गरिएको छ ।

सशस्त्र प्रहरी बलको कर्णाली प्रदेश स्तरिय प्रस्तावित तालिम शिक्षालय निर्माणको लागि बिस्थापित हुने बिपन्न बादी समुदायका १५ घर परिवारलाई प्रती घर एक गोटा कम्बल बितरण गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदिले बताए ।

कम्बल बितरण गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिपन्न समुदायलाई सरकारले सुक्ष्म रुपले सकरात्मक दृष्टिकोणले हेरिरहेकाले बिस्थापितहरुको नगरपालिकाले उपयुक्त किसिमले ब्यबस्थापन गर्ने बताए । कार्यक्रममा लेकबेशी नागरपालिका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधीकारी रोम महत, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्ट, सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदी, जनस्वास्थ्य प्रमुख चेतन वाग्लेको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार