२०७७ मंसिर १५, सोमबार

आगलागीवाट घाईते भएकालाई नगरपालिकाको सहयोग

tttभदौ, २३ जाजरकोट । आईतवार आगलागीमा परी घाईते भएका लाई भेरीमालिका नगरपालीकाले सहयोग गर्ने भएको छ । विहिवार वसेको सर्वदलिय वैठकले आगलागीमा परी गम्भिर घाईते भएका कार्कीगाउँ ६ का मानसिंह खत्रीलाई रु ५० हजार रुपैया उपचार खर्च दिने निर्णय गरेको छ ।

त्यस्तै अन्य भरीमालिका नगरपालिका ४ का गोकर्ण चन्द,रुकुम चौरजहारी ७ का प्रेमवहादुर राना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश शाहलाई जनही रु ५ हजारका दरले उपचार खर्च दिने निर्णय भएको नेकपा माओवादी केन्द्र जाजरकोटका सदस्य पार्वती विकले वताउनुभयो । त्यस्तै मृत्यू भएकी संगिता खत्री वोहराका आफन्तलाई किरिया खर्च रु २५ हजार दिने निर्णय गरिएको छ ।

आगलागीवाट घाईत भएका सवैको उपचार काठमाण्डौमा भईरहेको नेकपा माओवादी केन्द्र जाजरकोटका ईन्चार्ज गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । घाईतेको अवस्था सुधार उन्मुख रहेको छ ।