२०७७ मंसिर १४, आईतवार

खुला आँकाश मुनि बाढी पीडित बालबालिकाको शिक्षा, केही ठाउँमा विद्यालयका भवनहरु बन्दै

student-in-class-768x576 kkkसुर्खेत, भदौ २४ ।
खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । नजिकै भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । वि.स. २०७१ को साउन २८ र २९ गते सुर्खेतमा आएको बाढि पहिरो पीडित बालबालिकाहरुले जहाँ शिक्षाको याचना गरिएका हुन्छन । खुला आँकाश मुनि बसेर उनीहरुले शिक्षाको प्यास मेट्ने प्रयास गरिरहेका छन् ।

बाढी पीडितको एउटा शिविर । नजिकै पाँच÷सात जना बालबालिकाहरु । च्यातिएको टिसर्ट, च्यातिएकै चप्पल । आधा शरीर नाङगो । उनीहरुको अगाडि एउटा थोत्रिएको ह्वाइट बोर्ड । केही थोत्रा कापीहरु । यो हो बाढी पीडित विद्यार्थीहरुको अवस्था । सुर्खेतका बाढी पीडितहरुले अहिले आफूहरुलाई गास बास र कपासको याचना गरिरहेका छन ।

बाँच्न गाह्रो भएको भन्दै उनीहरुले सरकारसंग बाँच्न पाउने अधिकारी कार्यान्वयन गर्न माग गरिरहेका छन । तर बाढी आएको दुई वर्ष पुगिसक्दा पनि सुर्खेतका बाढि पीडित विद्यार्थीहरुले राम्रोसंग पढ्न पाएका छैनन । बाढीले ठुलो क्षति पु¥याएको पश्चिम सुर्खेतको बाबियाचौर–१ तिखाकुनाका बालबालिकाहरुलाई पढ्ने वातावरण नै बन्न सकेको छैन ।

बाढी आउनुभन्दा पहिले स्थानी बालबालिकाहरु त्यहीको कालिका प्राथमिक विद्यालयमा अध्ययन गर्थे । भेरी नदी नजिकको बस्ती र विद्यालय बाढीले लग्यो । सुरुमा परिवार, घरबास गुमाएका विद्यार्थीहरुलाई पढ्ने वातावरण भएन । बाढी पीडितको शिविर बसेपछि पहिलो वर्ष त्यहाँका विद्यार्थीहरुले बाबियाचौर मै पढ्ने व्यवस्था मिलाइयो । एक वर्षसम्म त्यहाँका बालबालिकाहरुले बावियाचौर मै अध्ययन गरे । त्यहाँको शिविर सधैभर त्यही बस्ने अबस्था भएन ।

तिखाकुनाका बाढी पीडितहरु पहिलेको बस्ती भन्दा ठिक माथी रहेको वन फडानी गरेर त्यही बसे । अहिले एक वर्षदेखि त्यहाँका बालबालिकाहरुले शिवर भन्दा तल (खोला किनार) मा पढिरहेका छन । अहिले सोही स्थानमा नयाँ भवन भने बनिरहेको छ । तर भवनको काम पुरा नभएकोले विद्यार्थीहरु खुला आँकाश मुनि नै पढिरहेका छन् ।

खुला आकाश छ । केही वेन्चहरु छन । विद्यार्थीहरुका लागि राखिएका बेन्च भन्दा केही मिटर टाढा एउटा कुर्ची र एउटा थोत्रो टेबुल छ । यो विद्यालयको सम्पत्ती हो । तिनै चार÷पाँचवटा वेन्चमा खोलाको कलकल आवाज सुन्दै विद्यार्थीहरुले पढ्ने गरेका छन । विद्यार्थीहरु पनि अहिले निरन्तर विद्यालय नआउने गरेको शिक्षकहरुले बताएका छन ।

बाढी पीडितहरुले जवरजस्ती वनमा बसेकोले कहिले जिल्ला वन कार्यालयले उठाउँछ भन्ने थाहा पनि नभएको र यसले गर्दा विद्यालय कहाँ बनाउने भन्ने कुराको पनि टुङगो नलाग्दा भवन बन्न ढिलो भएको उक्त विद्यालयका शिक्षक हरिप्रसाद देवकोटाले बताए ।  तिखाकुना मात्र नभएर हरिहरपुरका बाढि पीडित बालबालिकाहरुको पनि विजोग नै छ ।

उनीहरुले पनि दुई वर्षदेखि टहरोमा पढिरहेका छन् । हरिहरपुर गाविसको सिस्नेरी र डोप्कामा रहेका प्राथमिक विद्यालय बाढिले बगाएपछि दुई वर्षदेखि त्यहाँका एक सय बढी बाढी पीडित बालबालिकाहरु गिरिघाट शिविर नजिक निर्माण गरिएको टहरोमा पढ्ने गर्दछन । जहाँ २१ ज्ना सिशु कक्षा र ९२ जना प्राथमिक तहमा अध्ययन गरिरहेका छन् ।

सिस्नेरीको प्राविका प्राध्यानाध्यापक धनबहादुर वलीले यो टहरोमा पढ्न विद्यार्थीहरुलाई धेरै समस्या भएको बताए । उनले राहात र गैरसरकारी संस्थाको सहयोगमा विद्यालय संचालन गरिरहेको बताए ।

बाढि पहिरो जाँदा सुर्खेतमा एक सय २५ जनाको मृत्यु भएको थियो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन विताइरहेका छन । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन ।