२०७७ मंसिर १५, सोमबार

२४ नवजिवनको सातौ साधारणसभा, वालवालीकाको संरक्षणमा सामुहिक प्रयास जरुरी

नवजिवन वाल संरक्षण केन्द्रको सातौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटनमा बोल्दै जिल्ला वाल कल्याण समितिका वाल संरक्षण अधिकृत रमा भण्डारीले असाहाय र वावुआमा विहिन वालवालीकाहरुलाई राज्यले जिम्मा लिनुपर्नेमा गैरसकारी स्तरबाट काम भैरहेको बताईन ।

सुर्खेतमा सञ्चालन भएको वाल संरक्षण केन्द्रको कामको सह्राना गर्दै भण्डारीले अन्य सामाजिक संस्थाहरुले पनि यि केन्द्रहरुबाट सिक्नुपर्ने धारणा राखीन । भण्डारीले अविभावक विहिन वालवालीकाको अविभावकत्वका लागि सबैको हातेमालो जरुरी रहेको समेत औल्याईन । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले विभिन्न दाताहरुको सहयोगमा सञ्चालन भएको वालगृहभन्दा विशुद्ध केहि व्यक्ति र समुदायको सक्रियतामा सञ्चालन भएको नवजिवन वाल संरक्षण केन्द्रले ग्रामीण क्षेत्रका वालवालीकाहरुलाई संरक्षण गरेर काम गरेको र अन्य वालगृहले पनि नवजिवनको सिको गर्नुपर्ने वताए ।

उनले समुदायस्तरमा सञचालन गरिएको बालगृहले साच्चिकै खास पिडित बालवालीकाहरुको हितमा काम गर्ने जनाए । एकजना सलमान गुरुगले सुरु गरेको सकारात्मक काममा सबैको क्रियाशिलता र साथ रहेकोमा भारतीले खुसी व्यक्त गरे । कार्यक्रममा लायन्सक्लव अफ सुर्खेतका अध्यक्ष नबराज गुरुगले विश्वका महान व्यक्तिहरुपनि सामान्य सामाजिक सेवा गरेर महान भएको भन्दै सञ्चालक गुरुगले महान कामको सुरुवात गरेको प्रतिक्रिया दिए ।

व्यवसायी नागेन्द्र गुप्ताले सकारात्मक कामको सुरवात भए सबैले सहयोग गर्ने वताए । कार्यक्रममा सो वालकेन्द्रको सञ्चालनका लागि सहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । गकुल गुरुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सिद्धार्थ सञ्चारका सचिब ललित गाहा,मगंलगडि सहकारी संस्थाका सचिज तेजप्रकाश जिसी,टोलविकास संस्थाका अध्यक्ष राधावेश ज्ञवाली, संस्थाका उपाध्यक्ष वलवहादुर कसेरा, लगाएतको सहभागिता रहेको थियो ।

साधारणसभाले कोषाध्यक्ष कृष्णबहादुर ठकुरीले प्रस्तुत गरेको २२ लाख ६८ हजार ३ सय ७५ रुपैया बरावरको आर्थीक प्रतिवेदन र सचिब राजकुमारी चौधरीले प्रस्तुन गरेको वार्षीक प्रतिवेदन पाश गरेको पुर्णबहादुर भण्डारीले जानकारी दिए । २०५३ सालदेखी सञ्चालनमा आएको वालकेन्द्रमा हाल १२ जिल्लाका ४८ जना बालवालीका आश्रीत छन ।

सलमोन गुरुगको व्यक्तिगत प्रयासमा सुरु गरेको वालकेन्द्रमा हाल स्थानिय स्तरका विभिन्न दाताहरुले सहयोग गरिरहेका छन ।